close

परशुराम धामदेखि खल्ला मुसेट्टी र्‍याफ्टिङ सरर...

परशुराम धामदेखि खल्ला मुसेट्टी र्‍याफ्टिङ सरर...

Trulli
ADVERTISEMENT

डडेल्धुरा- नेपाल-भारत सीमा नदी महाकालीमा र्‍याफ्टिङ गरिएको छ । सोमबार विश्व पानी दिवस अवसरमा डडेल्धुराको परशुराम धामदेखि खल्ला कञ्चनपुरको खल्ला मुसेट्टीसम्म र्‍याफ्टिङ गरिएको हो ।

 

महाकाली नदीमा जलयात्राको सम्भाव्यता अध्ययनपछि र्‍याफ्टिङ गरिएको परशुराम नगरपालिकाले जनाएको छ । नगरप्रमुख भीमबहादुर साउदले परशुराम धामको धर्मद्वारबाट साहसिक जलयात्रा (र्‍याफ्टिङ) को विधिवत उद्घाटन गरे । 

 

जलयात्रा सञ्चालनका लागि स्थानीय, प्रदेश, संघ सरकार र छिमेकी भारतसँग समन्वय गरी साहसिक पर्यटकका महाकालीमा र्‍याफ्टिङ सञ्चालनका लागि टेवा पुग्ने भएकोले सीमा नदीमा सुरु गरिएको नगरप्रमुख साउदले बताए ।

 

‘र्‍याफ्टिङले परशुराम क्षेत्रमा पर्यटक संख्यामा वृद्धि हुनेछ । स्थानीय कला-संस्कृति प्रवद्र्धनका लागि होमस्टे पनि सञ्चालन गरिनेछ,’ उनले भने, ‘साहसिक पर्यटनका लागि दीर्घकालीन रूपमा महाकालीमा र्‍याफ्टिङ सञ्चालन गर्न टेवा पुग्ने विश्वास छ ।’ 

 

२ वटा डुंगा कञ्चनपुरको खल्ला मुसेट्टीसम्म पुगेका थिए । र्‍याफ्टिङमा डडेल्धुरामा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) अन्तर्गत सञ्चालित ट्रोसा र बैतडीको रुडेस तथा कञ्चनपुरको निड्सको सहकार्य छ ।

 

परशुराम नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाले र्‍याफ्टिङ सञ्चालन गरेका हुन् । दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने महाकाली नदीमा यीमध्ये ३ वटा जिल्ला बैतडी, डडेल्धुरा र कञ्चनपुरमा र्‍याफ्टिङ गरिएको हो ।