close

शिवराजका पर्यटकीय स्थल घुम्दै पर्यटन डिभिजनको टोली 

शिवराजका पर्यटकीय स्थल घुम्दै पर्यटन डिभिजनको टोली 

Trulli
ADVERTISEMENT

कपिलवस्तु–कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ मा रहेको सोनवागढ र सुपा मन्दिरको विकासका लागि प्रदेश पर्यटन डिभिजन कार्यालयको टोलीले स्थलगत अवलोकन गरेको छ ।


प्रदेश सरकारमार्फत पर्यटन पूर्वाधार विकासअन्तर्गत सोनवागढका लागि २५ लाख र सुपा मन्दिर क्षेत्रका लागि २० लाख रुपैयाँ विनियोजित बजेट कसरी खर्च गरिने भनेर टोलीले अवलोकन गरेको लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डे बताए ।

 

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले सोनवागढ तथा सुपा मन्दिर धार्मिक तथा पर्यटकीय स्थल रहेकाले यसलाई प्रदेश सरकारले विशेष प्राथमिकता दिएको जानकारी दिए । विगतका वर्ष सोनवागढलाई उत्खनन गर्दा ऐतिहासिक स्थल रहेको प्रमाणित भइसकेको उनको भनाइ ।


सुपा मन्दिरमा अहिले पनि भक्तजन तथा वनभोज गर्न आउनेहरूको संख्या बढिरहेकाले व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको धारणा छ । एकान्त ठाउँ र धार्मिक आस्थाको रूपमा रहेकाले यस ठाउँलाई संरक्षण गर्न सके पर्यटन विकासमा टेवा पुग्ने उनले बताए ।  वडामा रहेका दुई वटै धार्मिक, ऐतिहासिक क्षेत्रको विकासमा जोड दिइएको वडा अध्यक्ष टेकलाल सापकोटाले सुनाए ।


सोनवागढ पुग्ने सडक विकासमा वडा तथा नगरले यसै वर्ष स्तरोन्नति गर्ने र सहज रूपमा आउजाउको व्यवस्था गरिने सापकोटाले बताए । प्रदेशले विनियोजन गरेको बजेटबाट सोनागढमा शौचालयसहित ट्रस निर्माण गर्ने र सुपा मन्दिरमा परिसरमा नयाँ मन्दिर निर्माण गरिने उनले जानकारी दिए । 

 

लुम्बिनी प्रदेशसभा सदस्य केसी, लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय प्रमुख पाण्डे, लेखा अधिकृत मुक्ति भट्टराई, रोशन ताम्राकार र शिवराज नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष टेकलाल सापकोटा, यमलाल भुसाल, सोनवगढ मन्दिर व्यवस्थापन समिति अध्यक्ष हर्जु थारुलगायतको टोलीले ऐतिहासिक पर्यटकीय स्थल अवलोकन गरेको हो ।