close

भक्तपुरले बढायो पर्यटन सेवा शुल्क

भक्तपुरले बढायो पर्यटन सेवा शुल्क

Trulli
ADVERTISEMENT

भक्तपुर। भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकको पर्यटन सेवा शुल्क बढाएको छ ।

नगरपालिकाले एक सुचना जारी गर्दै गैर सार्क पर्यटकलाई प्रवेश शुल्कवापत १५ अमेरिकी डलर अर्थात् पन्ध्र सय रुपैयाँ लिँदै आएकोमा बढाएर अठार सय रुपैयाँ पुर्याएको जानकारी दिएकाे हो । अमेरिकी डलरको भाउ क्रमशः बढिरहेकाले सेवा शुल्कमा वृद्धि गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको अनुसार नयाँ पर्यटन शुल्क अङ्ग्रेजी नयाँ वर्षसँगै लागु गरिएको हो ।