close

पर्यटनको आकर्षण केन्द्र बन्दै सिसाघारी

पर्यटनको आकर्षण केन्द्र बन्दै सिसाघारी

Trulli
ADVERTISEMENT

उदयपुर– कटारी नगरपालिकास्थित कटारी बजारबाट चार किलोमिटर दूरीमा सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्र पर्दछ । कटारी–५ मा पर्ने पर्यटनको प्रचुर सम्भावना रहेको यस सिमसार क्षेत्रमा बर्मजिया–भूल्के हुँदै दुवै तर्फबाट जान सकिन्छ । 

छ वर्षअघि सुरु गरिएको भौतिक संरचना निर्माणमा हालसम्म तीन करोड बढी खर्च भइसकेको सिसाघारी सिमसार तथा पर्यापर्यटन समितिका अध्यक्ष दिलबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले यहाँ दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । 

प्राकृतिक रुपले सुन्दर यस मानिएको सिमसारको संरक्षण तथा प्रवर्द्धनमा डिभिजन वन कार्यालय, कटारी नगरपालिकाका साथै विभिन्न सङ्घसंस्था र व्यक्तिलेसमेत सहयोग गरेका छन् । सबैको सहयोगले अहिले यस क्षेत्रकै पर्यटनको गन्तव्यका रुपमा विस्तार हुँदै गएको अध्यक्ष अधिकारीले बताए । ‘वन कार्यालय, कटारी नगरपालिकाका साथै प्रदेश सरकारले पनि यस क्षेत्रको प्रवर्द्धनमा सहयोगका गरिरहेका छन्’, उनले भने, ‘बर्सोनि यहाँ विकासको क्रम बढेको छ ।’

गतवर्ष सङ्घीय सरकारअन्तर्गत सहरी विकास मन्त्रालयबाट रू ९७ लाख र कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट रू ९७ लाख बजेट प्राप्त भएको कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए । उनले उक्त रकम सिमसार जाने सडकको स्तरोन्नति गरिएको बताए । सडकलाई थप विस्तार गरी कालोपत्र गर्ने काम यथाशीघ्र सम्पन्न गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

पाँचवर्ष अघि स्थानीय उपभोक्ताको अतिक्रमणमा परेको खुला जग्गा अहिले लोभलाग्दो पर्यटकीय क्षेत्र बनेको प्रमुख श्रेष्ठले बताए । उनका अनुसार सिसाघारी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र रहेको सिमसार अहिले यस क्षेत्रकै महत्वपूर्ण पर्यटकीयस्थल बनेको छ । 

सामुदायिक वन उपभोक्ता समूहले जनश्रमदानसहित रू एक लाख ५० हजार लागतमा उपभोक्ताले अतिक्रमण गरेको क्षेत्रलाई नियन्त्रणमा लिएर सिमसार बनाउन सुरु गरिएको नगरप्रमुख श्रेष्ठको भनाइ थियो । उनका अनुसार उक्त क्षेत्र पर्यटकीयस्थलका रुपमा विस्तार भई सिमसार पर्यापर्यटन समितिमार्पmत सञ्चालन भइरहेको छ ।

सिमसारमा अहिले ‘टिकटक’, ‘झुला’, ‘लभ साइन’, बाल उद्यान, तालमा डुङ्गा, रमणीय पार्कलगायतका संरचना बनेका समितिका अध्यक्ष अधिकारीले बताए । उनका अनुसार सिमसार क्षेत्रमा मृग, निलगाई लगायतका वन्यजन्तुलाई संरक्षण गरी राखिएको छ ।