close

किन स्थगित भयो भरतपुर भ्रमण वर्ष ?

किन स्थगित भयो भरतपुर भ्रमण वर्ष ?

Trulli
ADVERTISEMENT

चितवन- भरतपुर महानगरपालिकाले अन्तिम समयमा आएर भरतपुर भ्रमण वर्ष २०२४ स्थगित गरेको छ । महानगरको शुक्रबार बसेको कार्यपालिका बैठकले जनवरी १ तारिखमा उद्घाटन गर्न लागेको भ्रमण वर्ष २०२४ स्थगित गर्ने निर्णय गरेको हो । 

महानगरपालिकाका अनुसार पुलचोक–गोन्द्राङ सडक र नारायणगढ–बुटवल सडक धुलाम्मे हुनुका साथै नारायणगढ–मुग्लिन सडक पनि पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएकाले भ्रमण वर्ष हाललाई स्थगित गरिएको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानाले पालिकाखखरलाई बताए । 

‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाउन लागेको भ्रमण वर्ष हालका लागि स्थगित भए पनि पुस २२ गते हुने नगरसभाले उद्घाटनको नयाँ मिति तोक्ने रानाले जानकारी दिए ।