close

खेर गएको १२० बिघा जग्गामा नगर बगैँचा

खेर गएको १२० बिघा जग्गामा नगर बगैँचा

Trulli
ADVERTISEMENT

सर्लाही- बागमती नगरपालिकाले बाँझो जग्गाको उपयोग  गरी बनाएकाे नगर बगैँचाले यस वर्षदेखि आम्दानी दिने भएको छ । बुढी बागमती नदी किनारको खेर गएको १२० बिघामा निर्माण गरेको बगैँचाबाट आम्दानी दिने भएको हाे ।

बगैँचाबाट फलफूल बेचेर दीर्घकालीन आयस्रोत बढाउने र पर्यावरणीय संरक्षणमा जोड दिँदै बगैँचा निर्माण गरेको थियो । गत वर्षदेखि सो बगैचामा रोपिएको आँपले फूल खेलाउन थालेपछि बोटको विकासका लागि फूल हटाइएको कृषि अधिकृत अवधेश कुमार झाले बताए । यस वर्षदेखि उत्पादनमा जोड दिइएको हुँदा करिब ३० प्रतिशत बिरुवाले उत्पदन दिने नगरपालिकाले आशा गरेको छ । 

कृषि अधिकृत झाका अनुसार यस सिजनमा फूल खेलाउने बेला नभएको हुँदा फल्ने बिरुवाको संख्या तलमाथि हुनसक्छ । आन्तरिक आम्दानी, उत्पादन र रोजगारीलाई जोइन नगरपालिकाले खेर गएको बाँझो जमिनमा नगर बणैँचा निर्माण गरेको थियो । यसबाट नगपालिकाको आय वृद्धि हुन्छ भने यहीकै स्थानीयले रोजगारी पाउने नगरपालिकाले जनाएको छ । 

बागमती नगरपालिकाको ३ र ४ मा ३० विघा र वडा नम्बर १२ मा ९० बिघा गरी १२० बिघामा चार वर्ष अघिबाट सुरु गरिएको नगर बगैँचामा अहिले आँपका बिरुवाहरु उत्पादन दिन योग्य भइसकेका हुन् । 

खेर गएको बाँझो जग्गालाई सदुपयोग गर्ने तर्फ नगरपालिकाले ध्यान दिँदै नगर बगैँचा तयार पारेको नगर उपप्रमुख लिला कुमारी मोक्तानले बताइन्‌ । उनका अनुसार पर्यावरणको संरक्षण गर्दै नगरको दिर्घकालीन आन्तरीक आयस्रोत,उत्पादक र रोजगारी सृजना गर्ने लक्ष्यसहित बुढी बागमती किनारको खेर गएको जमिनमा नगर बगौँचा निर्माण गरेको हो ।

नगर बगैँचामा अग्रपालि, मल्लिका, बम्बई र दशहरी जातको आाँप रोपिएको छ । यता ९० बिघामा १० हजार ५७५ बिरुवा छन् भने ६० बिघामा ५ हजार बिरुवा रोपिएको नगरपालिकाका कृषि प्राविधिक हिमाल बहादुर शाहीले बताए । 

आँप बहुवर्षे विरुवा भएकाले रोपेको करिब १० वर्षपछि राम्रोसँग फल्न थाल्ने र ५० वर्ष भन्दा धेरै समयसम्म फल्ने कृषि प्राविधिकहरुको भनाई छ ।