close

बराह क्षेत्रकाे कार्यपालिका बैठक : कुन विषयमा छलफल ?

बराह क्षेत्रकाे कार्यपालिका बैठक : कुन विषयमा छलफल ?

Trulli
ADVERTISEMENT

सुनसरी - हरेक १२ वर्षको अन्तरालमा लाग्ने कुम्भ मेलाको व्यवस्थापनबारे बराहक्षेत्र नगरपालिकाले छलफल गरेको छ । मंगलबार बसेको कार्यपालिका बैठकले कुम्भ मेलाको व्यवस्थापनबारे छलफल गरेको हो । 

नगरपालिकाका नगरप्रमुख रमेश कार्कीका अनुसार कुम्भ मेला हिन्दु धर्मावलीहरुके सबैभन्दा महत्वपूर्ण मेला रहेकोले सोको उचित व्यवस्थापनको लागि छलफल तथा निर्णय गरेको हो । ‘१२ वर्षमा लाग्ने मेला हो । यो मेला नेपालको लागि सान र गौरब हो,’ उनले पालिकाखबरसँग भने,  ‘हिन्दु धर्मावलम्बिको सबैभन्दा महत्वपूर्ण मेला हो ।’

कुम्भ मेलालाई एकदम भव्य र सभ्य बनाउन लागि सबैको भूमिका रहने भएकाले सबै जनप्रतिनिधि एकजुट भएर अगाडि बढ्ने निर्णय भएको उनले सुनाए । सो मेलामा मुलुकभरीका साथै भारतबाट पनि आउने भएकाले उचित व्यवस्थापन गर्नुपर्ने उनले बताए । 

मेलाको भीडको व्यवस्थापनको लागि पालिकाबाट स्वयम्सेवकको व्यवस्था, सुरक्षाकर्मीको व्यवस्था तथा आवश्यक तयारीबारे छलफल र निर्णय भएको उनले सुनाए । सो मेला वडा नम्बर १ को बराह क्षेत्र धाममा आगामी चैत्र २७ गतेदेखि २०८१ को बैशाख २७ गतेसम्म लाग्ने उनले बताए । 

कार्यपालिका बैठकले कुम्भ मेलासँगै शिक्षाको ऐन संशोधन र बराह क्षेत्रको शैक्षिक क्षेत्रको सुधारको लागि निर्णय भएको उनले सुनाए । उनका अनुसार पालिकाभित्रका सबै जनप्रतिनिधिको छोराछोरीलाई पनि सामुदायिक विद्यालयमा पढाउने अथवा सामुदायिक विद्यालयलाई कसरी राम्रो बनाउने भन्नेबारे छलफल भएको छ । 

उनले भने, ‘पालिकाभित्रको संस्थागत विद्यालयलाई मास्ने त होइन् । तर सामुदायिक विद्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेबारे छलफल भएको छ ।’ 

कार्यपालिका बैठकमा ढुंगा गिट्टीको कार्य अगाडि बढाउने र विकास निर्माणको कार्यको सवालमा छलफल भएको उनले सुनाए । साथै अन्य विभिन्न विषयबारे छलफल भएको उनले बताए। 

मंगलबार भएको बैठकमा कार्यपालिकाका २० जना सदस्यको सहभागिता रहेको उनले सुनाए । दुई जना सदस्य बिरामी भएकोले उपस्थित हुन नसकेको उनले बताए ।