close

निरन्तर चिसो बढ्दै, सतर्कता अपनाउन आग्रह

निरन्तर चिसो बढ्दै, सतर्कता अपनाउन आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत छ।

शुक्रबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। साथै तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।