close

गर्मी बढेपछि तनहुँका पालिकामा विद्यालय बन्द

गर्मी बढेपछि तनहुँका पालिकामा विद्यालय बन्द

Trulli
ADVERTISEMENT

तनहुँ। केहीदिन देखि बढेको अत्याधिक गर्मीपछि तनहुँका शुक्लागण्डकी र आँबुखैरेनी गाउँपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । विद्यालयमा पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने परिस्थिति देखिएपछि पालिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिएको हो । 

विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी बर्षे बिदाबाट कटौती हुने गरी बढीमा एक हप्तासम्म बिदा गर्न सकिने भनि पालिकाहरुले यसअघि नै  निर्णय गरिसकेका छन् । 

त्यसैगरी आँबुखैरेनी गाउँपालिकाले पनि जेठ २८ गतेदेखि असार १ गतेसम्म गाउँपालिकाका सबै विद्यालयलाई बिदा दिइएको गाउँपालिकाका प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए। त्यसैगरी यसअघि जिल्लाको देवघाट गाउँपालिकाले विद्यालय बिदा गर्दै आएको छ । 

व्यास नगरपालिका भित्रका केही विद्यालयहरुले मात्रै विद्यालय बिदा गरेका छन् । बर्षे बिदाबाट कटौती हुने गरी बढीमा एक हप्तासम्म आवश्यकताको महसुस गरी बिदा लिन पाउने निर्णय भए अनुरुप आवश्यकता हेरी बिदा लिने गरेका छन् । व्यास नगरपालिका–१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालय, दमौलीका सत्यवती,निर्मल,जलदेवी लगायतका विद्यालयले बिदा गरेको जानकारी पाएको व्यास शिक्षा शाखाका प्रमुख नविन पराजुलीले जानकारी दिए। 

शहरी क्षेत्रमा संचालित विद्यालयले गर्मीका कारण विद्यालय बिदा गरेपनि ग्रामिण क्षेत्रका विद्यालयहरुमा शीतलै वातावरण रहेको र बर्षायामको समयमा बिदा लिने गरी अहिले बिदा नगरेको जानकारी पाप्त भएको उनले बताए। विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी बिदा लिन पाउने गरी व्यास नगरपालिकाले यस अघि सामुदायिक र संस्थागत सबै विद्यालयहरुमा परिपत्र गरिसकेको छ । आवश्यकताको महसुस गरी विद्यालयले बर्षे बिदाबाट कटौती हुने गरी बढीमा एक हप्तासम्म बिदा लिन पाउने निर्णय गरी संम्बन्धित विद्यालयलाई परिपत्र गरेको थियो । 

बन्दीपुर गाउँपालिका क्षेत्रका अधिकाँश विद्यालय ग्रामीण क्षेत्रमा रहेको गर्मीको महसुस नगरेका कारण बिदा नगरिएको गाउँपालिकाका प्रवक्ता एवं  बन्दीपुर १ का वडाध्यक्ष शिबकुमार श्रेष्ठले जानकारी दिए। पृथ्वीराजमार्ग र बजार क्षेत्रका केही अभिभावकले भने विद्यालय बिदाको बिषयमा कुरा उठान गरकोले त्यसको लागि निर्णय भैनसकेको उनले बताए। 

जिल्लाको ऋषिङ्ग,घिरिङ्ग,भीमाद,भानु र म्याग्दे गाउँपालिकाका विद्यालयमा पठनपाठन सुचारु हुदै आएको छ ।