close

आजको मौसम पूर्वानुमान : तीन प्रदेशका हिमाली भेगमा हिमपात

आजको मौसम पूर्वानुमान : तीन प्रदेशका हिमाली भेगमा हिमपात

Trulli
ADVERTISEMENT

काठमाडौं- सोमबार बिहान देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानएको छ । हाल पहाडी भू-भागमा आंशिक बदली  रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । 

महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार बिहान तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज राती पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।