close

देशका हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना

देशका हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको भने तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ। यता, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी, आज राति उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।