close

३ प्रदेशका प्रदेशमा मौसम बदली

३ प्रदेशका प्रदेशमा मौसम बदली

Trulli
ADVERTISEMENT

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावस्वरुप यतिबेला लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। 

बाँकी प्रदेशको मौसम भने यतिबेला सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति पनि देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।  

यही अवस्था शुक्रबारसम्म पनि कायम रहने मौसम पूर्वानुमान माहाशाखाको अनुमान छ।