close

कोसी र गण्डकीको हिमाली भू-भागमा हिमपातको सम्भावना

कोसी र गण्डकीको हिमाली भू-भागमा हिमपातको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौं- हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको कोसी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै भू-भागमा हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै राति, कोसी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।