close

तराईमा हुस्सु र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

तराईमा हुस्सु र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ ।

यस्तै, तराइ क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागिरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

हुस्सु र कुहिरो तथा हिमपातका कारण चिसो बढ्ने भएकाले यसबाट बच्च आवश्यक उपाय अपनाउन विभागले अनुरोधसमेत गरेको छ ।