close

आज तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

आज तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

Trulli
ADVERTISEMENT

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। यद्यपि तराईका अधिकांश भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ । 

आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने सम्भावना छ । कोशी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने बताइएको छ ।

यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ ।