close

काठमाडौँमा यस वर्षकै चिसो

काठमाडौँमा यस वर्षकै चिसो

Trulli
ADVERTISEMENT

काठमाडौँ- हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ । काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ । 

काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम २.५ डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । 

आज बिहान पाँच बजेतिर न्यूनतम तापक्रम दुई दशमलव नौ डिग्री मापन भएकामा अहिले विहान ८:४५ बजेको समयमा झरेर न्यूनमत तापक्रम दुई दशमलव पाँच डिग्री मापन गरिएको छ । दुई दिनअघि न्यूनतम तापक्रम तीन डिग्री मापन भएको थियो ।

जुम्लामा माइनस पाँच दशमलव तीन र मुस्ताङको जोमसोममा माइनस पाँच दशमलव पाँच डिग्री रेकर्ड भएको वरिष्ठ मौसमविद् अर्यालले बताए ।