close

वडाध्यक्षको कारले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु

वडाध्यक्षको कारले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । मोरङ बेलबारी नगरपालिका-११ का वडाध्यक्षले चलाएको सवारीसाधनको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

वडाध्यक्ष विक्रम राईले चलाएको  बा ९ च ९६७३ नम्बरको कारको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो । 

पूर्व पश्चिम राजमार्गको दमकस्थित चिया बगान क्षेत्रमा उनले चलाएको कारले ती र्पैदलयात्रुलाई ठक्कर दिएको थियो। शनिबार साँझ कारको ठक्करबाट मृत्यु भएका व्यक्तिको अहिलेसम्म सनाखत हुन सकेको छैन। वडाध्यक्ष राई प्रहरीको नियन्त्रणमा छन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार  कारको ठक्करबाट  गम्भीर घाइते भएका ती व्यक्तिको उपचारका क्रममा मृत्यु भएको थियो।