close

सप्तरीमा सवारी दुर्घट्ना हुँदा एक जनाको मृत्यु ,१३ जना घाइते

सप्तरीमा सवारी दुर्घट्ना हुँदा एक जनाको मृत्यु ,१३ जना घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं । सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिकामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु  भएको छ । त्यसैगरी दुर्घटनामा परी १३ जना घाइते भएका छन् । 

सप्तरीको अग्निसाईर कृष्णसावरण गाउपालिका वडा न. ६ नँया बस्ती बसन्तपुरस्थित पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा ५ ख २३१० नं. हायसको ड्राईभर साईडको पछाडीको टायर अचानक पड्किए अन्यन्त्रित भई दुर्घट्ना भएको थियो । 

दुर्घटनामा परी  झापा कन्काई नगरपालिका वडा न. ८ का ५२ वर्षीय अमृका ओली रहेको प्रहीले बताएको छ । अस्पताल पुर्‍याउनासथ उनको मृत्यु भएको  थियो । 

घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा डिएसपी माधव प्रसाद काफ्लेले बताए ।