close

सशस्त्र प्रहरी र तस्करबीच झडप, ३ राउण्ड हवाई फायरिङ ​​​​​​​

सशस्त्र प्रहरी र तस्करबीच झडप, ३ राउण्ड हवाई फायरिङ ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं ।  सप्तरीको बिहुल गाउँपालिका बेल्हीमा सशस्त्र प्रहरी र तस्करीबीच झडप भएको छ । 

तस्करी गरी ल्याएको सामान प्रहीले नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्कर समूहबीच झडप भएको हो । सो क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ । 

सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन गएका प्रहरीविरुद्ध तस्करको समूहले आक्रमण गरेपछि प्रहरीले हवाइ फायर गरेको बताए ।

यस्तै, तस्करले प्रहार गरेको ढुंगा लागेर ३ प्रहरी घाइते भएका छन् । 

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । भारतबाट सामान तस्करी गरेर एक घरमा राखिएको सूचना पाएपछि प्रहरीको टोली पुगेको थियो । प्रहीले सामान नियन्त्रणमा लिइसकेको छ ।