close

चितुवाको आक्रमणमा परी एकजना घाइते

चितुवाको आक्रमणमा परी एकजना घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं । चितुवाको आक्रमणमा परी एक जना घाइते भएका छन् । आइतबार बिहान गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर-६ निन्नुचौरका ३० वर्षीय यमबहादुर कुँवर चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।

आइतबार बिहान चितुवा कुँवरको खोरमा पसेको थियो । धपाउने खोज्दा चितुवाले कुँवरमाथि आक्रमण गरेको हो ।

केही समय कुँवर र चितुवाको घम्साघम्सी भएको थियो । त्यसै क्रममा चितुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चितुवाले खोरमा रहेका ६०/७० वटा ठूला कुखुरा र ५०/६० वटा साना कुखुरा मारेको प्रहरीले जनाएको छ । 

चितुवाको आक्रमणबाट घाइते भएका कुँवरको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरभर चितुवाले चिथोरेको छ ।