close

चन्द्रागिरिको पहिरोमा पुरिएर ३ जनाको मृत्यु

चन्द्रागिरिको पहिरोमा पुरिएर ३ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले पुरेको ध्यान केन्द्रका तीन जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउरालीनजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोले पुर्दा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मृत्यु भएको हो । 

वडाध्यक्ष भाइकृष्ण तामाङले तीनै जनाको शव संकलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको जानकारी दिए ।