close

बाँकेमा जिप दुर्घटना

बाँकेमा जिप दुर्घटना

Trulli
ADVERTISEMENT

काठमाडौं । बाँकेमा टाटासुमो जिप दुर्घटना भएको छ । दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

आज बिहान बाग्मती प्रदेश ०१–०२८ च ००४४ नम्बरको जिप राप्ती सोनारी गाउँपालिका–२ झुरीखोलामा दुर्घटनामा परेको थियो । 

बाँके प्रहरीका अनुसार दुर्घटनामा परी सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडा रहेका, र चालक हुन् । 

त्यसैगरी, वीरन्द्रनगर नगरपालिका–७ का २२ वर्षीय शिसिर ज्ञावलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए । 

त्यस्तै अन्य घाइते हुनेहरुमा मृतक खतिवडाका दुई छोरी १६ वर्षीया रञ्जना र २३ वर्षीया सुमिता खतिवडा रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी को भनाइ छ ।