close

भकुण्डेबेँसीमा व्यवस्थित तरकारी बजार संचालन

None

भकुण्डेबेँसीमा व्यवस्थित तरकारी बजार संचालन

None

Trulli
ADVERTISEMENT

नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार संचालनमा आएको छ । फलफूल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको सहयोगमा स्थापना भएको भकुण्डे कृषि उपज संकलन केन्द्र शुक्रबारबाट औपचारिक रुपमा संचालनमा आएको हो ।

    ``

  कृषि उपज केन्द्रको शुक्रबार एक समारोहबीच मेयर टिपी शर्मा तिमल्सिना र उपमेयर रामदेवी तामाङले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । केन्द्रको उद्घाटन गर्दै मेयर शर्माले नगरपालिकाले खाद्य सूरक्षा, किसानको हकहितका लागि कार्यविधि नै बनाएर कार्यान्वयन गर्न लागेको बताउनुभयो ।

      नगरपालिकामा चाँडै नै खसी बोका संकलन केन्द्र स्थापना गर्ने र त्यसबाट नमोबुद्ध नगरपालिकासहित तेमाल गाउँपालिका, रोशी गाउँपालिकाका साथै छिमेकी जिल्ला सिन्धुलीका पशुपालक किसानसमेत लाभान्वित हुने नमोवुद्ध नगरपालिकाले जनाएको छ ।