close

गाईभैंसीलाई सुत्केरी भत्ता !

गाईभैंसीलाई सुत्केरी भत्ता !

Trulli
ADVERTISEMENT

सुनसरी - इटहरी उपमहानगरले गाईभैंसीलाई सुत्केरी भत्ता दिन थालेको छ । इटहरी उपमहानगर पशुपक्षी शाखा प्रमुख दुर्गालाल श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा ३० गाईभैंसीलाई सुत्केरी भत्ता वितरण गरिएको हो ।


पशु बिमा गरेका कृषकहरुलाई गाईभैंसी सुत्केरी भएपछि २ हजार ५ सय रुपैयाँका दरले भत्ता दिने गरिएको छ ।


विपन्न कृषकले पालेका गाईभैंसीलाई सुत्केरी अवस्थामा पोषक खानेकुरा र भिटामिन दिएर दूधको उत्पादन वृद्धि गर्न भत्ता दिन थालिएको नगर उपप्रमुख लक्ष्मी गौतमले बताइन् ।


‘चालू आर्थिक वर्षमा १ सय सुत्केरी गाईभैंसीका लागि भत्ता दिन बजेट विनियोजन गरिएको छ’, गौतमले भनिन्, सुत्केरी गाईभैंसीलाई भत्ता दिन थालेपछि किसान पशुपालनमा थप आकर्षित बन्दै गएका छन् ।’


गाईभैंसीलाई भत्ता दिएर पशु बिमा बढाउने लक्ष्य राखिएको शाखा प्रमुख श्रेष्ठले वताए । यो आर्थिक वर्ष २ हजार ५ सय मूल्य बराबरको भिटामिन र पोषणयुक्त खाद्य सामग्री खरिद गरेर वितरण गर्ने योजना रहेको उनले जानकारी दिए ।