close

छिपखोलाका वनैभरि मौरीका घार : वनमा थापेको घार घरमा ल्याएर मौरीपालन 

छिपखोलाका वनैभरि मौरीका घार : वनमा थापेको घार घरमा ल्याएर मौरीपालन 

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ छिपखोलाबासीले वनमा थापेको घारमा मौरी बसेपछि घरमा ल्याएर लगि मौरीपालन गरिरहेका छन् ।मौरी किन्नुभन्दा वनमा घार थाप्दा त्यहाँ बस्ने मौरीलाई सुरक्षित साथ ल्याएर पालिँदै आएको हो ।

 

मौरी पाल्ने इच्छा भएकाले वनका ठूल्ठूला ढुंगामुनि तथा रूखमा घार थाप्ने गर्छन् । त्यो घारमा मौरी बसेपछि घरमा लगेर पाल्ने गरिएको वडा सदस्य जयबहादुर पुन मगरले बताए । 

 

मौरीपालन गर्नेले किन्नुभन्दा सजिलो उपाय वनमै थापेर बसेपछि घारमा मौरी बस्ने र तिनैलाई घरमा ल्याएर पाल्ने चलन रहेको उनले जानकारी दिए । छिपखोला बस्तीमा मौरीपालनका लागि उपयुक्त ठाउँ छ । घर तथा वनमा विभिन्न फलफूल प्रशस्त पाइने भएकाले मौरीले मह राम्रो उत्पादन गर्ने गरेको वडा सदस्य पुनको भनाइ छ ।

 

छिपखोला बस्तीका प्रत्येकका घरमा कम्तीमा २/३ घारका मौरी छन् । व्यावसायिक रूपमा मह उत्पादन गर्नतर्फ नलागे पनि आफूलाई चाहिने महका लागि मौरी पाल्ने गरिएको स्थानीय बताउँछन् । 

 

वनमा थापिएको घारमा फागुनदेखि वैशाख र भदौदेखि कात्तिकमा बढी मौरी बस्ने गरेको पुनले जानकारी दिए । आ–आफ्नो घारमा बसेका मौरीलाई घरमा लगेर कृषकले पाल्ने गरेका छन् ।