close

पोषणजन्य तरकारी बिउ वितरण गर्दै सिरिजंगा

पोषणजन्य तरकारी बिउ वितरण गर्दै सिरिजंगा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ–ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले पोषणजन्य तरकारीको बिउ वितरण गर्न थालेको छ । पालिकाले सम्बन्धित वडामा रहेका टोल विकास संस्थामार्फत किसानलाई ११ असोजभित्र पोषणजन्य तरकारीको बिउ वितरण गर्ने भएको हो ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार वडालाई उपलब्ध गराइएको पोषणजन्य तरकारीको बिउ ७ असोजभित्र आ–आफ्नो वडाभित्रका टोल विकास संस्थाका अध्यक्षलाई उपलब्ध गराइसक्नुपर्नेछ । गाउँपालिको आर्थिक विकास शाखाले पालिकाका ८ वटै वडालाई यसअघि नै पोषणजन्य तरकारी बिउ उपलब्ध गराइसकेको उनले जानकारी दिए ।

 

‘सिरिजंगाको शान, उद्यमशील किसान’ कार्यक्रमअन्तर्गत पालिकाका किसानलाई पोषणजन्य तरकारी खेतीमा प्रोत्साहित गर्न गाउँपालिकाले बिउ खरिद गरी वडापालिकालाई वितरण गरेको उनले जानकारी दिए ।

 

सिरिजंगा गाउँपालिकाले प्रत्येक वडामा ९ वटाका दरले टोल विकास संस्था गठन गरेको छ । साविकका ८ वटा गाविसमा रहेका प्रत्येक वडालाई आधार मानेर अहिलेका प्रत्येक वडामा ९ वटाका दरले टोल विकास संस्था गठन भएका छन् ।  गाउँपालिकाले बन्दा, काउली, मूला, गाजर, प्याज, धनिया, हरियो मटर, टमाटर, रायो र सिमीका बिउको प्याकेज पठाएको छ ।

 

उपलब्ध बिउबाट बिरुवा नउम्रिए सम्बन्धित आपूर्तिकर्तालाई रकम भुक्तानी नगरिने भन्दै गाउँपालिकाले बिउ रोपेपछि नउम्रिए गाउँपालिकाको आर्थिक विकास समितिमा गुनासो टिपाउनसमेत आग्रह गरेको छ ।