close

छथर जोरपाटीका किसानलाई उन्नत जातका बिउ वितरण 

छथर जोरपाटीका किसानलाई उन्नत जातका बिउ वितरण 

Trulli
ADVERTISEMENT

धनकुटा–धनकुटाको छथर जोरपाटी गाउँपाकिाले किसानलाई उन्नत जातको तरकारी बिउ वितरण गरेको छ । गाउँपालिकाले ६ वटा वडाका किसानलाई ५० प्रतिशत अनुदानमा ४ लाख रुपैयाँ बराबरको मटर र मूलाको बिउ वितरण गरेको हो ।


पालिकाले ३ कृषि सहकारी, २६ कृषक समूह र १० वटा निजी फार्ममार्फत किसानलाई बिउ वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख मिलन कार्कीले जानकारी दिए ।


तरकारीको बिउ पालिका अध्यक्ष शेरबहादुर लिम्बूले संस्था तथा समूहका प्रतिनिधिलाई हस्तान्तरण गरे । अनुदानको बिउबाट पालिकाका ७९० बढी किसान लाभान्वि हुने पालिकाको कृषि शाखाले जनाएको छ ।