close

स्याउ, ओखर विकास बोर्ड गठन गर्न मुख्यमन्त्रीसमक्ष माग 

स्याउ, ओखर विकास बोर्ड गठन गर्न मुख्यमन्त्रीसमक्ष माग 

Trulli
ADVERTISEMENT

जुम्ला–राष्ट्रिय बजारमा कर्णाली अर्थात् जुम्लालाई स्याउ, ओखरले चिनाएको छ । कर्णाली प्रदेशको जुम्ला, कालीकोट, डोल्पा र मुगुमा स्याउ र ओखर पर्याप्त उत्पादन हुने गरेको छ । कर्णालीमा उत्पादित स्याउ ओखर बजारीकरण व्यवस्थापनका लागि कर्णालीका कृषकले स्याउ ओखर विकास बोर्ड गठन गर्न माग गरेका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीसमक्ष स्याउ ओखर विकास बोर्ड गठन गर्न मागपत्र पेस गरिएको हो । 

 

तिला गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सन्तवीर रावतका अनुसार कर्णाली प्रदेश हिमाली जिल्ला जुम्ला, डोल्पा, हुम्ला, मुगु र कालीकोटमा बढी मात्रामा स्याउ, ओखर उत्पादन हुन्छन् । ‘यिनै कृषिजन्य वस्तुले उपयुक्त मूल्य पाउने गरेका छैनन्’, उनले भने, ‘उत्पादित वस्तुलाई बजारीकरण गर्न  कर्णाली प्रदेश सरकारसँग स्याउ ओखर विकास बोर्ड गठन गर्न माग गरेका हाँै ।’ 

 

कर्णालीमा उत्पादित स्याउ ओखर बजारीकरण गर्न कर्णालीमा स्याउ ओखर विकास बोर्ड गठन गर्न आवश्यक रहेको कर्णाली प्रदेश सांसद नरेश भण्डारीले बताए । उनले भने, ‘कृषिजन्य वस्तुको व्यवस्थापन र बजारीकरण नहँुदा सिजनमै न्यून मूल्यमा स्याउ ओखर बिक्री वितरण गर्न कृषक बाध्य छन् । यसको व्यवस्थापन र बजारीकरणका लागि कर्णाली प्रदेश सरकारले स्याउ ओखर विकास बोर्ड गठन गर्न आवश्यक छ ।’ 

 

नेपालका ठूला सहरबजारमा अन्य जिल्लाको स्याउलाई जुम्लाको स्याउ भनेरै बिक्री हुने गरेको छ । तर, जुम्लामा भने पुसको अन्तिम साता स्याउ पाउने गरेको छैन । यहाँ उत्पादित स्याउ भदौ, असोजमा बिक्री वितरण गरेपछि उत्पादन हुने भूमि जुम्लामै स्याउ पाइन छाडेको हो । कृषि विकास कार्यालयको तथ्यांकअनुसार ०७६ मा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । त्यस्तै, ०७७ मा दोब्बरले घटेर ६ हजार २ सय १० मेट्रिक टन मात्रै उत्पादन भयो भने यो वर्ष चार गुणाले घटेर ६ हजार १ सय ६० मेट्रिक टन मात्रै उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।


गत वर्षभन्दा यो वर्ष १ प्रतिशतले स्याउ उत्पादन घटेको छ । गत १६ र १८ वैशाख अनि ३ र ४ जेठमा असिना आउँदा जुम्ली स्याउ उत्पादनमा ठूलो गिरावट आएको हो । उनले भने, ‘सिँचाइ अभाव र मौसम परिवर्तनले उत्पादन घट्दै गएको छ । समयमा पानी नपर्नु, उत्तरी मोहडाका स्याउमा सिँचाइ अभाव हुनु र स्याउमा पछिल्लो समय किराको प्रकोप बढ्नु, उचित बगँैचा व्यवस्थापन नहुनुलगायत कारण उत्पादन घटेको हो ।’


उत्पादित १० हजार ५ सय टनमध्ये ६० प्रतिशत निर्यात भइसकेको छ भने ४० प्रतिशत मात्रै जिल्लामा रहेको प्रमुख अधिकारीको भनाइ छ । स्याउ उत्पादन बढाउन बगैँचा व्यवस्थापनदेखि, मलजल, सिँचाइमा ध्यान पु¥याउन आवश्यक रहेको उनले बताए ।


जुम्लामा करिब १७ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् भने यहाँको १० हजार हेक्टरमा स्याउ खेती हुने अनुमान छ । तर, हाल ३ हजार ८ सय हेक्टरमा मात्रै खेती भए पनि १ हजार ५ सय हेक्टरमा मात्रै उत्पादन भइरहेको छ ।