close

महालक्ष्मीले बाँड्यो दमारका किसानलाई अनुदानमा चापाकटर 

महालक्ष्मीले बाँड्यो दमारका किसानलाई अनुदानमा चापाकटर 

Trulli
ADVERTISEMENT

धनकुटा–धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर १ दमारका पशुपालक किसानलाई अनुदानमा चापाकटर मेसिन वितरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले ३० प्रतिशत अनुदानमा दमार क्षेत्रका १९ किसानलाई एक÷एक वटा चापाकटर मेसिन वितरण गरेको हो । ३७ हजार रुपैयाँ मूल्य पर्ने मेसिन खरिदमा समृद्धिले ११ हजार १ सय अनुदान उपलब्ध गराएको छ ।

 

दमारमा आयोजित कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगरप्रमुख पर्शुराम नेपाल, उप–प्रमुख मञ्जु अधिकारी, समृद्धिको दुग्ध आपूर्ति शृंखलाका सुपरीवेक्षक सुधीर सुवेदी, स्थानीय आरती दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष जगतबहादुर थापालगायतले किसानलाई चापाकटर हस्तान्तरण गरे । सो अवसरमा महालक्ष्मीका नगरप्रमुख नेपालले चापाकटर वितरणपछि किसानलाई पशुपालन व्यवसाय गर्न सहज हुने विश्वास व्यक्त गरे ।