close

शिवराजमा तरकारी संकलन केन्द्र शिलान्यास

शिवराजमा तरकारी संकलन केन्द्र शिलान्यास

Trulli
ADVERTISEMENT

चन्द्रौटा/कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ खरेन्द्रपुरमा तरकारी संकलन केन्द्र भवनको शिलान्यास गरिएको छ । शिवराज नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष टेकलाल सापकोटाले केन्द्र भवनको शिलान्यास गरेका हुन् । 

 

वडाध्यक्ष सापकोटाले शिवराजको ३ नम्बर वडालाई तरकारी जोन बनाउने उद्देश्यका साथ केन्द्र निर्माण गर्न लागिएको बताए । कृषकले उत्पादन गरेका तरकारीको बजारीकरण सहज बनाउन संकलन केन्द्र स्थापना गर्न लागिएको उनको भनाइ छ । वडाका विभिन्न स्थानका किसानले तरकारीको उचित मूल्य नपाउने, बिक्री गर्न समस्या हुने गरेको छ’, सापकोटाले भने, ‘यो संकलन केन्द्र कृषि सहकारीले सञ्चालन गर्नेछ ।’

 


संकलन केन्द्र नगरको ६ लाख र उपभोक्ता समितिको ६५ हजार रुपैयाँ लागतमा निर्माण गर्न लागिएको कृषि शाखा प्रमुख ताराचन्द चौधरीले बताए । शिवराज नगरका दुई स्थानमा तरकारी संकलन केन्द्र स्थापना हुने र किसानले उत्पादन गरेका तरकारी निश्चित मूल्यमा खरिद गरी बिक्री गरिने उनको भनाइ छ । वडा नम्बर ३ मा रहेको शिवराज कृषि सहकारीले उक्त संकलन केन्द्र सञ्चालन गर्ने सहकारीका अध्यक्ष केयरसिंह अदैले बताए ।