close

बैजनाथको पहिलो प्राथमिकतामा वास्तविक किसानको प्रोत्साहन

बैजनाथको पहिलो प्राथमिकतामा वास्तविक किसानको प्रोत्साहन

Trulli
ADVERTISEMENT

बाँके । जिल्लाको बैजनाथ गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा 'किसानसँग पालिका प्रमुख' समावेश गर्ने भएको छ ।

किसानसँग पालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार नक्कली किसानले झोलामै खेत, फारमसँगै स्ट्याम्फ बोकेर विभिन्न सरकारी अनुदानहरू लिने तर, वास्तविक किसानलाई यस्ता अनुदानबारे थाहै नहुने भएकोले सबै किसानलाई यसबारे जानकारी गराइनेछ ।

साथै पशुपालन गर्ने, जग्गाको क्षेत्रफल र उत्पादन अनुसार वर्गीकरण गरी सबै किसानलाई मौसमअनुसारको बीउँविजन, नश्ल सुधारलगायतका कार्यक्रम किसानसँग पालिका प्रमुखमा समेटिने गाउँपालिका प्रमुख शाहीले पालिका खबरसँग बताए ।

झोलामै सबै बोकेर हिड्ने नक्कली किसान यहीँ वर्ष ९० प्रतिशत कम गर्ने र आफ्नो कार्यकालभित्रै नक्कली किसानको पूर्ण अन्त्त गरी सक्कली तथा वास्तविक किसानलाई प्रोत्साहनका लागि यो कार्यक्रम ल्याइएको पालिका प्रमुख शाहीले बताए  ।

उनका अनुसार यस कार्यक्रम सफल बनाउनका लागि संघीय र प्रदेश सरकारसँगे पालिकामा रहेको गोरखा कृषि क्याम्पससँग समन्वयमा सफल बनाइने छ । किसानहरूको बास्तविक लगत संकलतन गरेर उनीहरूको उत्पादन बजारीकरण, अनुदान, प्राविधिक सहयोगसँगै समय र किसानको आवश्यकता अनसार पालिकाले बीउँ र मलको व्यवस्थालाई सहज बनाइनेछ ।

पालिकाभित्र रहेका वास्तविक किसानले सरकारले ल्याएका कार्यक्रमबारे थाहा नहुने तथा आफ्ना खेतै नभएकाले झोलामा सबै सामग्री बोकेर विभिन्न झालझेल गरी अनुदान लिने धेरै रहेको गुणासोका आधारमा यो कार्यक्रम लाइएको हो । यस कार्यक्रमलाई सफल बनाउन सरोकारवाता तथा विज्ञहरूसँग छलफल चलिरहेको अध्यक्ष शाहीले बताए ।