close

आठ ट्रक सुपारी प्रहरी नियन्त्रणमा

आठ ट्रक सुपारी प्रहरी नियन्त्रणमा

Trulli
ADVERTISEMENT

विराटनगर । भारत लैजान तयार गरिएको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–१८ बुधनगर हुँदै भारततर्फ लैजान लागिएको ८ ट्रक सुपारी बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको सुपारी २ हजार ६७८ बोरा छ । ८ वटा ट्रकमा २ लाख १९ हजार ५९६ किलोग्राम सुपारी रहेको प्रहरीले बताएको छ ।

युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरको भारतीय ट्रकसहित नियन्त्रणमा लिइएको सुपारीको नेपाली मूल्य साढे ८ करोड रुपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ ।

तेस्रो मुलुकबाट आयात गरिएको सुपारी नेपालकै उत्पादन देखाएर केही वर्षयता भारततर्फ निर्यात हुँदै आएको छ । ठुलो परिणामको सुपारी भारत जाँदै गरेको सूचना पाएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार सुपारी वैध तरिकाले नै लैजान लागेको देखिए पनि एकै पटक ठुलो परिमाण भएका कारण अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । तर, आकार हेर्दा ती सुपारी नेपाल कै उत्पादन जस्तो देखिएको समेत प्रहरीले जानकारी दिएको ५ ।

इन्डोनेसिया, थाइल्यान्ड, मलेसियालगायत मुलुकबाट नेपालमा सुपारी आयात हुन्छ ।