close

हेटौंडामा पशुसेवा केन्द्र

हेटौंडामा पशुसेवा केन्द्र

Trulli
ADVERTISEMENT

मकवानपुर ।  हेटौँडा उपमहानगरपालिकाले कमानेमा कृषि तथा  पशु सेवा केन्द्र स्थापना  गरिएको छ ।   कृषि तथा पशुको क्षेत्रमा लागेका किसानको सुविधाका लागि पालिकाले केन्द्र स्थापना गरिएको हो । 
    
हेटौँडा–८ र १५ मा रहेका किसानलाई लक्ष्य गर्दै स्थापना गरिएको उक्त सातौँ केन्द्र उपमहानगर प्रमुख मीना लामाले केन्द्रको शुभारम्भ गरेका हुन् ।  कृषि तथा पशुमा लाग्ने रोगको जाँच तथा  औषधि निःशुल्क  उपलब्ध गराउने गरी नगरका विभिन्न ठाउँमा  सेवा केन्द्र सञ्चालनमा ल्याइएको जानकरी दिए ।

 'सेवा केन्द्रबाट पशुमा लाग्ने रोगको परीक्षणसहित निःशुल्क  औषधि वितरण र कृषिको समस्या समाधानका लागि सहजीकरण गर्न प्राविधिकको व्यवस्था पनि गरिएको छ,' उनले भने । सेवा केन्द्रमा  रहेका  प्राविधिकले कार्यालय समयमा  किसानको घर–घरमा गएर सेवा दिने वातावरण  बनाइने  उनको भनाइ थियो  ।