close

कृषि सामग्रीको प्रवर्द्धनका लागि मेला तथा प्रदर्शनी सम्पन्न

कृषि सामग्रीको प्रवर्द्धनका लागि मेला तथा प्रदर्शनी सम्पन्न

Trulli
ADVERTISEMENT

 धनकुटा । धनकुटाको भेडेटारमा कृषि मेला तथा प्रदर्शनी सम्पन्न भएको छ। ‘कृषि नै समृद्धिको आधार’ भन्ने नाराका साथ साँगुरीगढी गाउँपालिका स्तरिय कृषि मेला तथा प्रदर्शनी कार्यक्रम गरिएको हो। साँगुरीगढी गाउँपालिको आयोजनामा कृषि उत्पादकत्व वृद्धिका लागि कृषि मेला तथा प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो।

गाउँपालिकामा अधिकांश व्यक्ति कृषिमा आत्मनिर्भर रहे पनि सोचेअनुसारको कृषि उत्पादन भइरहेको नपाएको कारण उत्पादनमा बृद्धि गर्न आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। कृषि उत्पादन बृद्धि गर्दै कृषकलाई बजारसँग जोड्न कृषि प्रदर्शनी गरिएको गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।  कृषि मेलामा राम्रो उत्पादन गर्ने कृषकलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गर्ने गरिएको छ। 

कृषि मेलामा भाग लिएका एक सय ३३ किसानमध्ये विभिन्न विधामा ५६ कृषकलाई पुरस्कृत गरिएको छ। कृषि मेलामा कृषकले फलफूल, तेलहन, दलहन, नगदेबाली अन्तर्गत पर्ने विभिन्न विधाका कृषि उपज प्रदर्शनी गर्न आएका थिए। जसमा प्रथम हुनेलाई चार हजार, दोस्रोलाई तीन हजार, तेस्रोलाई दुई हजार र सान्त्वनालाई एक हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।