close

धानको वीउ माग गर्न ऐरावतीको अनुरोध

धानको वीउ माग गर्न ऐरावतीको अनुरोध

Trulli
ADVERTISEMENT

प्यूठान । ऐरावती गाउँपालिकाले उन्नत जातको धानको वीउ माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै उन्नत जातको धान वीउ माग गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार ५० प्रतिशत अनुदानमा धानको वीउ वितरण गर्नुपर्ने भएकोले सो अनुरोध गरिएको हो । सूचना प्रकासित भएको १५ दिनभित्र इच्छुक सहकारी संस्था, कृषि समूह, फार्मले आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

धानको वीउ पालिकाभित्रका जमीनमा मात्रै प्रयोग गर्नुपर्ने सो सूचनामा उल्लेख गरेको छ । गाउँपालिकाले स्थानीय क्षेत्रकाे उत्पादनकाे आधारमा  विभिन्न किसिमका धानकाे वीउ वितरण गरिने जनाएकाे छ ।