close

दुधमा तीन रुपैयाँ अनुदान दिँदै आँबुखैरेनी सरकार

दुधमा तीन रुपैयाँ अनुदान दिँदै आँबुखैरेनी सरकार

Trulli
ADVERTISEMENT

तनहुँ । आँबूखैरेनी गाउँपालिकाले दुधमा तीन रुपैयाँ अनुदान दिने भएको छ । गाउँपालिकाले एक सूचना  जारी गर्दै प्रतिलिटर दुधमा अनुदान दिन लागेको जनाएको छ । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप उत्पादन तथा बजारीकरणका लागि दुध उत्पादक सहकारी संस्थालाई निरन्तरता दिनको लागि अनुदान दिन लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

कृषकलाई भुक्तानी गरेको भपाई, दुग्ध कारोबार र विक्रि गरेको प्रमाणित अभिलेखसहित आवेदन दिनु पर्ने सो सूचनामा उल्लेख गरेको छ । सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिनु पर्ने गाउँपालिकाले जनाएको छ ।