close

किसानलाई चारा मेसिन मिनि मिल वितरण

किसानलाई चारा मेसिन मिनि मिल वितरण

Trulli
ADVERTISEMENT

बाँके । बैजनाथ गाउँपालिकाले किसानलाई चारा मेसिन मिनि मिल विरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी ५० प्रतिशत अनुदानमा किसानलाई मेसिन वितरण गरेको हो । 

गाउँपालिकाको अनुसार  'किसानसँग पालिका अध्यक्ष' कार्यक्रम अन्तर्गत पशु शाखामा प्राप्त माग अनुसार सोमबार गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले सो सामग्री वितरण गरेको हो । उनले चारा मेशिन र दाना बनाउने मिनि मिल २५ थान वितरण गरेको  जनाएका छन्

पशु सेवा शाखा प्रमुख खडग बहादुर सिँहले व्यवसायिक पशुपालन गरेका किसानहरुको आवेदनका आधारमा चारा मेसिन र मिनि मिल वितरण गरिएको बताए । 

गाउँपालिकाले खरिद गरीएका कुल ५० थान चारा मेशिन ५० जना किसानलाई ५० प्रतिशत अनुदानमा चारा मेशिन हस्तान्तरण गरिएको हो ।