close

५० प्रतिशत अनुदानको धानको वीउ वितरण

५० प्रतिशत अनुदानको धानको वीउ वितरण

Trulli
ADVERTISEMENT

चितवन । रत्ननगर नगरपालिकाले अनुदानमा उन्नत जातको धानको वीउ वितरण गर्ने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप धानको वीउ वितरण गर्न लागेको हो । 

नगरपालिकाको अनुसार संघीय सरकारबाट हस्तान्तरीत शसर्त अनुदान कार्यक्रम खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रममा ५० प्रतिशत वर्षे धानको वीउ वितरण गर्न लागेको हो । 

कार्यक्रममा सहभागी हुन चाहने कृषक, फार्म तथा सहकारीले गत चैत ६ गतेसम्म माग आवेदन दिन दिएका थिए । सोही माग आवेदनको आधारमा जेठ ५ गतेदेखि वीउ वितरण गर्न थालिएको जनाएको छ । 

वीउ जेठ ५ गतेदेखि बिहान ८ बजेदेखि ५ बजेसम्म वितरण गरिने जनाइएको छ । वीउ लिन आउने व्यक्तिले अनिवार्य रुपमा कुपन ल्याउनु पर्ने  नगरपालिकाले जनाएको छ ।