close

मागमा आधारित कृषि कार्यक्रमका लागि ४ लाख विनियोजन

मागमा आधारित कृषि कार्यक्रमका लागि ४ लाख विनियोजन

Trulli
ADVERTISEMENT

बर्दिया- गेरुवा गाउँपालिका, बर्दियामा ‘मागमा आधारित कृषि कार्यक्रम’ प्रभावकारी बन्दै गइरहेको छ । बीउ, मल, कृषि सामग्रीलगायत पूर्ति गर्न भन्दै निवेदन आउन थालेका गाउँपालिकाले जनाएको छ । 

किसानहरूको स-साना आवश्यकता पालिकाबाट सहजै सम्बोधन गर्नका लागि चालु आर्थिक वर्षदेखि लागु गरिएको यस कार्यक्रममा कृषकहरू आकर्षित हुन थालेका हुन् । किसानहरूले आफ्नो समस्याअनुसारका निवेदन पालिकामा पेस गरिरहेका छन् । 

ती निवेदनको मूल्याङ्कन गरी प्राथमिकताका आधारमा गाउँपालिकाले बजेट विनियोजन गर्ने गेरुवा गाउँपालिका, कृषि शाखाका प्रमुख दिनेश दुनाबठ्वाले पालिका खबरलाई बताए । उक्त कार्यक्रमका लागि गाउँपालिकाले गाउँसभाबाट ४ लाख बजेट विनियोजन गरेको छ ।