close

अनुदानमा आधारित कार्यक्रमको लागि विनयी त्रिवेणीमा प्रस्ताव माग

अनुदानमा आधारित कार्यक्रमको लागि विनयी त्रिवेणीमा प्रस्ताव माग

Trulli
ADVERTISEMENT

नवलपरासी पूर्व – विनयी त्रिवेणी गाउँपालिकाले कृषि कार्यक्रममा सहभागिताको लागि प्रस्ताव माग गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुरुप अनुदानमा आधारित कार्यक्रमको लागि प्रस्ताव माग गरेको हो । 

नगरपालिकाले एक सूचना जारी गर्दै प्रस्ताव माग गरेको हो । सूचना अनुसार नगरपालिकाले अनुदानमा आलु बिउ, तेलबाली प्रवर्द्धन कार्यक्रम तथा कन्ये च्याउको बिउ वितरण गर्न लागेको हो । 

ईच्छुक कृषकले सूचना प्रकासित भएको २१ दिन भित्र आवश्यक कागजातहरु गाउँपालिकाको कृषि विकास शाखा वा सम्बन्धित वडा कार्यालयमा आवेदन पेश गर्न सकिने जनाएको छ ।
 
संस्थाको दर्ता र नविकरण प्रमाणपत्रको प्रतिलिपि, संस्था संचालक समितिको कार्यक्रम माग गरेको बैठक निर्णय प्रतिलिपि पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।