close

बजारीकरणका लागि ५० प्रतिशत अनुदानमा सहकारीलाई कृषि उपकरण

बजारीकरणका लागि ५० प्रतिशत अनुदानमा सहकारीलाई कृषि उपकरण

Trulli
ADVERTISEMENT

अर्घाखाँची - सन्धिखर्क नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गर्ने भएको छ । नगरपालिकाले स्थानीय  उत्पादनको प्रर्वद्धन तथा बजारीकरणका लागि कृषि उपकरण वितरण गर्न लागेको हो । 

नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै बजारीकरणका लागि सहकारीलाई उपकरण वितरण गर्न लागेको जनाएको छ । नगरपालिकाको आर्थिक २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरभित्रको कुनै एक उत्कृष्ट सहकारीलाई ५० प्रतिशतमा मेसिन उपकरण दिने जानकारी दिएको छ ।

नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई स्थानीय कृषि उत्पादनको बिक्री गर्दै  आएका कृषि तथा बहुउद्धेश्यीय सहकारीले  सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित कृषि शाखामा आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।