close

कृषि अनुदान घटाएर प्रोत्साहन बढाउँदै बौदीकाली गाउँपालिका

कृषि अनुदान घटाएर प्रोत्साहन बढाउँदै बौदीकाली गाउँपालिका

Trulli
ADVERTISEMENT

नवलपरासी पूर्व - बौदीकाली गाउँपालिकाले कृषिमा अनुदानलाई घटाउँदै लैजाने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ देखि अनुदानलाई घटाउने र प्रोत्साहन कार्यक्रमलाई बढाउन लागेको हो । 

गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाका अनुसार स्थानीय बासिन्दालाई कृषि पेशामा आकर्षित गर्नको लागि प्रोत्साहन कार्यक्रमलाई बढाउन लागेको हो । उनले दूध उत्पादन गर्ने कृषकलाई प्रोत्साहन, कृषिजन्य सामग्री उत्पादन, तरकारी उत्पादन तथा फूल खेती गर्नेलाई प्रोत्साहन दिने पालिकाखबरलाई बताए । 

अनुदान कार्यक्रम अन्तर्गत हाते ट्याक्टर, मेसिन तथा कृषि सामग्री औजार अनुदानमा दिने उनले बताए । तर सो कार्यक्रम परिणाममूखी नभएकाले गाउँपालिकाले प्रोत्साहन दिन लागेको उनले बताए । 

उत्पादित सामग्रीको बजारीकरणका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने उनको भनाइ छ । बजारीकणका लागि गाउँपालिकाले हाट बजार सञ्चालन र सटर स्थापना गर्ने उनले बताए । उत्पादित सामग्रीलाई बजारसम्म लैजान पहुँच बढाउँने उनले जानकारी दिए ।

बजारीकरणका लागि गाउँपालिकाले ठूला कम्पनीसँग छलफलसमेत गर्दै आइरेको उनको दाबी छ । उनका अनुसार पालिकामा करिब ७५ प्रतिशत कृषि पेशामा आबद्ध रहेका छन् ।