close

खाँदबारीले नगदे बाली उत्पादनलाई प्राेत्साहन गर्ने

खाँदबारीले नगदे बाली उत्पादनलाई प्राेत्साहन गर्ने

Trulli
ADVERTISEMENT

संखुवासभा– खाँदबारी नगरपालिकाले रैथाने बालीका साथसाथै नगदे बाली उत्पादनमा जोड दिएको छ । कृषि क्षेत्रको विकासको लागि संघीय शसर्त अनुदानबाट विभिन्न कार्यक्रमबाहेक नगदे बालीको उत्पादनलाई प्रात्साहित गर्ने नीति ल्याएको नगरप्रमुख महेश थपलियाले जानकारी दिए । 

नगदे बालीको प्रोत्साहनको लागि पालिकाले उखु, दाँते ओखर, सुन्तला, कागति, फलफूलजन्य उत्पादनको लागि विभिन्न स्थानमा पकेट क्षेत्र छुट्याएको  छ । नगरप्रमुख थपलियाले भने, ‘यहाँ सुन्तला, कागती, निबुवा जस्ता सिट्रस प्रजातिको फलफूल प्रशस्त मात्रामा उत्पादन हुने गर्छ । हामीले सुन्तलाको दुई/तीनओटा पकेट क्षेत्रको विकास गरेका छौँ ।’ नगदेबालीमा कफी र दाँते ओखर उत्पादनको लागि पनि प्रोत्साहन गर्न लागिएको उनले जानकारी दिए । 

‘नगदे बालीमा प्रोत्साहनको लागि संघीय सरकारबाट बजेट आएको छैन । उखु खेतीको लागि प्रदेश सरकारबाट अनुदान आएको छ ।’ पालिकाको बजेटले सक्ने अनुसारको योजना बनाएर नगदे बाली उत्पादनमा जोड दिने उनले बताए । 

यसका साथै नगरपालिकाले आधुनिक तरिकाबाट सख्खर उत्पादन सुरु उर्ने उनले पालिकाखबरसँग बताए  । उनले भने, ‘परम्परागत तरिकाबाट थोरै उत्पादन हुन्छ । यसवर्ष सख्खर उत्पादन बढाउने नीति ल्याएका छौँ । अर्को वर्ष यसपालिको भन्दा दोब्बर सख्खर उत्पादन गछौँ ।’