close

कृषि उत्पादन बढाउन पकेट क्षेत्र घोषणा

कृषि उत्पादन बढाउन पकेट क्षेत्र घोषणा

Trulli
ADVERTISEMENT

रोल्पा - रोल्पा नगरपालिकाले कृषि पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले कृषि क्षेत्रको प्रवर्द्धन गर्नको लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाका कृषि शाखाका प्रमुख महेन्द्र पुनका अनुसार पालिकाभित्र प्रत्येक वडाका लागि पकेट कार्यक्रम सञ्चालन गर्न लागेको हो । पालिकाभित्रका १० वटै वडामा सम्भावित उत्पादनलाई मध्येनजर गरी पकेट कार्यक्रम सञ्चालन गर्ने उनले पालिकाखबरलाई जानकारी दिए । 

पकेट कार्यक्रम सञ्चालनको लागि सम्बन्धित वडा अध्यक्ष, कृषक, कृषि समूह तथा सहकारी र सरोकारवाला निकायबीच छलफल हुन बाकी रहेको उनले सुनाए । 

नगरपालिकाले कृषिजन्य सामग्री उत्पादनको आधारमा अनुदान दिने र उत्कृष्ट कृषकलाई पुरस्कारको व्यवस्था गरेको उनले बताए ।