close

पालिकाको कृषि परामर्शले काम नगरेपछि किसान मारमा

पालिकाको कृषि परामर्शले काम नगरेपछि किसान मारमा

Trulli
ADVERTISEMENT

दाङ- राप्ती गाउँपालिका–५ कालापानीका  अमर पौडेलले  रोपका साँवा मन्सुली  धानका बोट सबै सुकेर पराल बनेको छ । पराल पनि गाईबस्तुलाई खुवाउन नमिल्ने भएको छ । फड्के  किराले असर गरेको छ । रोपेको करिब सय दिनसम्म राम्रै रहेको धानका केही बोटमा भदौको मध्य सातातिर किराले असर गर्न थाल्यो । अचानक धानका बोट सुकेर पहेँलो हुन थालेपछि उनले स्थानीय एग्रोभेटमा सम्पर्क गरे । त्यहाँबाट समस्या समाधान नहुने भएपछि गाउँपालिकाको कृषि शाखालाई समस्याबारे जानकारी गरारे । 

पालिकाबाट कृषि प्राविधिकले समस्याबारे जानकारी लिएपछि उनीहरूको को सल्लाह  सुझावअनुसार विषादी छर्के पनि धान मर्ने क्रम रोकिएन । पालिकाका कृषि प्राविधिकले स्थलगत अध्ययन अनुगमन गरेर अवस्थाबारे जानकारी लिएका थिए । सिफारिस अनुसारको विषादी छर्के पनि काम नगरेबो उनी बताउछन् । करिब पाँच कट्ठा खेतमा  रोपेको धान सुकेर पराल बनेको छ ।

कृषक पौडेलको  धान खेतमा समस्या देखिएको जानकारी पाएपछि पालिकाले कृषि प्राविधिक पठाएर समस्या पहिचान गदै फड्के किराले असर गरेको पुष्टि गरेको थियो । अनुसन्धान गर्दा फड्के किरा अर्थात् राइस होपरको प्रकोप पुष्टि भएको कृषि शाखा प्रमुख सीमा भट्टले बताए । उहाँका अनुसार उक्त गाउँपालिका–१, २, ५, ७ का वडामा फड्के किराको प्रकोप देखापरेकाले किसानलाई धान बाली भित्र्याउने बेलामा चिन्ता बढेको छ । 

कृषि ज्ञान केन्द्रले उक्त गाउँपालिकाका विभिन्न वडामा देखापरेको फड्के किराको प्रकोप जिल्लामा पहिलो पटक देखापरेको जनाएको छ । यसअघि यस प्रकारको कुनै समस्या नदेखिएको हुँदा त्यहाँको अवस्थाबारे स्थलगत अध्ययन गरेर मात्रै जानकारी गराउने केन्द्रका प्रमुख नरेश धितालले बताए ।