close

सूचनामा हस्ताक्षर गर्ने अधिकृतलाई नै थाहा हुन्न सूचनाको वास्तविकता !

सूचनामा हस्ताक्षर गर्ने अधिकृतलाई नै थाहा हुन्न सूचनाको वास्तविकता !

Trulli
ADVERTISEMENT

धादिङ – खनियाबास गाउँपालिकाले करार सेवामा सहजकर्ता माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै २० जना किसान सूचीकरण सहजकर्ता माग गरेको हो ।

सूचनाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा किसान सूचीकरण कार्यक्रमअन्तर्गत किसान परिचय पत्र बनाउनका लागि तथ्याङ्क संकलन गर्न सूचीकरण सहजकर्ताको माग गरेको गाउँपालिकाले जनाएको छ ।

 योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित मितिले १५ दिनभित्रमा आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा आवेदन दिन सकिने जनाएको छ ।

सूचनाबारे थप जानकारीकाे लागि पालिकाखबर डटकमले गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ र  निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठसँग कुराकानी गर्न खाेज्दा आफूहरुलाई थाहा नभएकाे जानकारी दिए । 

गाउँपालिकाले कतिजना कृषककाे परिचयपत्र बनाउने भन्ने प्रश्नमा दुबैले रेडिमेट उत्तर दिए, ' गाउँपालिकाले सहजकर्ता माग गरेकाे हाे । तर कति जना कृषकलाई परिचयपत्र वितरण गर्ने थाहा छैन । यसकाे लागि शाखाका कर्मचारीलाई सम्पर्क गर्नुस् ।'