close

चैनपुरका बाँझो बारीमा काेदाे र मकै

चैनपुरका बाँझो बारीमा काेदाे र मकै

Trulli
ADVERTISEMENT

संखुवासभा– चैनपुर नगरपालिकामा बाँझो जमिन राख्ने प्रवृत्ती बढिरहेको छ । जमिनलाई बाँझो नराखि यसमा उत्पादन बढाउनुपर्ने विषयमा नगरपालिकाले चासो राखेको छ । 

यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा बाँझो जमिनको सदुपयोग हुने गरी रैथाने बालीमा जोड दिने कार्यक्रम ल्याएको नगरपालिकाका प्रमुख कुमार कृष्ण तामाङले बताए । उनले भने, ‘कोदो, लोकल मकै, तरकारीजस्ता रैथाने अन्नबाली उत्पादनमा जोड दिएका छौँ । विकासे पशु पालनबाट खासै राम्रो नतिजा पाइएन, विभिन्न रोग लाग्ने, स्याहार सुसारमा बढी ध्यान दिनुपर्ने देखियो । ’

त्यसैले लोकल रैथाने जातका बाख्रा लगायतका पशु पालनलाई प्राथमिकता दिने कार्यक्रम ल्याइएको उनले बताए । कृषि उत्पादनलाई सहज बनाउन किसानलाई नगरपालिकाले हाते ट्याक्टर उपलब्ध गराएको छ । उत्पादित स्थानीय कृषि सामाग्रीको बजारीकरणको लागि कृषि बजारको व्यवस्थापन गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको उनले बताए ।

कृषि बजारमार्फत तरकारी, कागती, फलफूललगायत उत्पादित कृषि बाली बेच्न सकिने गरि व्यवस्था मिलाउने योजना नगरपालिकाको रहेको नगरप्रमुख तामाङको भनाइ छ । नगरपालिकाले कृषि र पशु प्राविधिक राखेर स्थानीय कृषकलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ । 

नगरपालिकाले यस आर्थिक वर्षमा सडक, खानेपानी, सिँचाई, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको नगरप्रमुख तामाङले जानकारी दिए ।