close

उत्पादन बढाउन कृषि क्षेत्रकाे अध्ययन गर्दै मल्लरानी

उत्पादन बढाउन कृषि क्षेत्रकाे अध्ययन गर्दै मल्लरानी

Trulli
ADVERTISEMENT

प्यूठान - मल्लरानी गाउँपालिकाले सम्भावित कृषि क्षेत्रकाे अध्ययन गर्ने भएको छ । गाउँपालिकाले कृषिमा उत्पादन वृद्धि गर्नको लागि कृषि अध्ययन गर्न लागेको हो । 

गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्का अनुसार गाउँपालिका क्षेत्रभित्र उत्पादन हुने कृषिजन्य सामग्रीको सम्भावनाको अध्ययन गर्न लागेको हो । सोही अध्ययनको प्रतिवेदनको आधारमा कृषि बाली लगाउनका लागि योजना बनाइने उनले पालिकाखबरलाई बताए । 

कृषि बाली अध्ययनको लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । विगतका वर्षमा विना अध्ययन बाली लगाएकोले प्रतिफल सोचेअनुरुप नभएको उनले सुनाए । 

उनले अध्ययनको आधारमा धान बाली, मकै वाली तथा तरकारी लगाइने जानकारी दिए। अध्ययनकाे लागि गाउँपालिकाले आवश्यक विज्ञकाे व्यवस्थापन गर्ने उनले सुनाए ।