close

‘मुस्ताङको आलु भनेपछि बजारै राम्रो’

‘मुस्ताङको आलु भनेपछि बजारै राम्रो’

Trulli
ADVERTISEMENT

मुस्ताङ- जिल्लाको सबैभन्दा माथिल्लो गाउँपालिका लोमान्थाङमा पछिल्लो समय आलुको माग राम्रो छ । बजारबाट राम्रो माग आउन थालेपछि मूल्य र बजार राम्रो रहेको गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले पालिकाखबरलाई बताए । 

पालिकामा आलु खोज्न पोखरा, बागलुङ, कुस्मा र बेनीका थोक विक्रेताहरू घरमा आउने गरेका छन् । साथै पछिल्लो समय काठमाठौंबाट समेत राम्रो माग आइरहेको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । आलुको बजार राम्रो हुने भएपछि गाउँपालिकाले वडा नम्बर-३ लाई आलु पकेट क्षेत्र घोषणाको तयारी थालेको छ । 

वडा नम्बर-३ मा रहेका छिङडर, थुवा र नाम्गेल गाउँलाई पकेट क्षेत्र घोषणा गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष गुरुङका अनुसार गत आर्थिक वर्ष देखिनै सम्भाव्यता अध्ययन, अभिमुखीकरण, विभिन्न तालिम तथा बजार अध्ययनलगायतका काम सकिएको थियो । गाउँपालिकाले चालु आर्थिकभित्रै घोषणाको काम सक्नका लागि २४ लाख बजेट व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष गुरुङले पालिकाखबरलाई बताए ।