close

पीडितलाई राहतस्वरुप एक मुरी मकै

पीडितलाई राहतस्वरुप एक मुरी मकै

Trulli
ADVERTISEMENT

बाग्लुङ - तमानखोला गाउँपालिकाले कृषकलाई राहत दिने भएको छ । गाउँपालिकाले  हावाहुरीका कारण  मकै बाली नष्ट भएका कृषकलाई राहत दिन लागेको हो । 

गाउँपालिकाका अनुसार हावाहुरीका कारण गाउँपालिका–१ र २ को सेन्नामा, पहिरा, बोङ्गानी, सोम्मरलगायतका गाउँको करिब ७०० रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको छ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले हावाहुरीले मकै ढालेपछि ५० लाखभन्दा बढीको क्षति भएको पालिकाखबरलाई जानकारी दिए । उनका अनुसार प्रतिघर एक मुरीका दरले मकैको बीउ उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

अहिलेसम्म कुनै पनि किसानले बाली बीमा नगरेको भन्दै अब कृषक समूह बनाएर पालिकाले बाली बीमा गरिदिने समेत उनको भनाइ छ ।